जोर बिजोर अवज्ञा गर्न गगन थापाको आव्हान



काठमाडौं: कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) को नेपाल शाखाले भोलिदेखि गर्न लागेको एसिया प्यासेफिक समिटमा आउने पाहुनाका निम्ति सहज यात्राका लागि सरकारले जोर बिजोर प्रणाली लागू गरेपछि सामाजिक सञ्जालमा असन्तुष्टि पोखिएको छ ।

 

सामाजिक सञ्जाल ट्विटरमा कांग्रेस शुभेच्छुक संस्था 'युथ कंग्रेस नेपाल'को आह्वान उल्लेखित फोटो राखेर नेपाली कांग्रेसका नेता गगन थापाले जोर बिजोर प्रणालीको अवज्ञा गर्न आग्रह गरेका छन् ।

 

अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि सडक किनारामा सकस व्यहोरिरहेका यात्रुहरुको फोटो राख्दै सरकारको निर्णयको आलोचना गरेका छन् । उनीहरुले एउटा एनजिओको कार्यक्रममा आउने पाहुनाको निम्ति सरकारले आम मानिसलाई दुःख दिएको बताएका छन् ।

 

नेता  थापाले धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक रहेको बताएका हुन् । मंसिर १४ देखि १७ सम्म हुने कार्यक्रममा लागि भन्दै १३ र १५ गते बिजोर र २४ र १६ गतेका लागि जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्