भारत: उत्तरप्रदेशका मुख्यमन्त्री एवं हिन्दुवादी नेता योगी आदित्यनाथलाई राजस्थान ब्राह्मणसभाले कानुनी नोटिस पठाएको छ । सभाले भगवान हनुमानजीलाई जातपातमा बाँडेको भन्दै योगीलाई नोटिस पठाएको हो ।
भारतको आसन्न लोकसभा निर्वाचन प्रचारका क्रममा मुख्यमन्त्री योगीले राजस्थानमा आयोजित एक सभामा बजरंगबलीलाई दलितको संज्ञा दिएका थिए । उनको यस बयानलाई लिएर राजस्थान ब्राह्मणसभा क्रुद्ध भएको हो ।
सभाले अर्बौं हिन्दुको आस्थाको केन्द्र हनुमानजीलाई जातपातको साँघुरो घेरामा राख्न नहुने उल्लेख गरेको छ । योगीले अलबर जिल्लाको मालाखेडामा आयोजित एक सभामा बजरंगबलीलाई दलित, वनवासी, गिरीवासी र वञ्चितीकरणमा परेको लोकदेव भएको बताएका थिए ।