एसिया समिटको विरोधमा उत्रेका पाँचजना पक्राउ



काठमाडौं : एसिया प्यासेफिक समिटको विरोधमा उत्रेका विश्व हिन्दू महासंघका पाँच कार्यकर्ता काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् ।

 

सरकारले एसिया प्यासेफिक समिट अवधिभरका लागि काठमाडौं उपत्यकामा सबैखाले विरोधका कार्यक्रममा रोक लगाएको छ । आज दिउँसो सरकारको अवज्ञा गर्दै राजधानीको माइतीघरमा प्रदर्शनमा उत्रिएका चार विश्व हिन्दू महासंघका पाँच जनालाई पक्राउ गरेको हो ।

 

भोलिदेखि सुरु हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन सात देशका सरकार तथा राष्ट्रप्रमुखसहित पाँच सय विशिष्ट पाहुना काठमाडौँ आउँदैछन् । सरकारले त्यही कार्यक्रम र सुरक्षालाई मध्यनजर गर्दै विरोध प्रदर्शनमा रोक लगाएको हो ।

 

प्रहरीले बिश्व हिन्दु महासंघका कार्यकर्ताहरु राजु सुनार, मञ्जु पुडासैनी, लक्ष्मी दाहाल, मनिका खतिवडा र रघु कार्कीलाई पक्राउ गरेको हो । सरकारको निर्णयविपरीत विरोध प्रर्दशनमा उत्रिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्