राप्रपा पनि जोर-विजोरको विरोधमा  



काठमाडौं : कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) नेपाल शाखाले शुक्रबारदेखि गर्न लागेको एसिया प्यासेफिक समिटमा आउने पाहुनाहरुका निम्ति सहज यात्राका लागि सरकारले जोर बिजोर प्रणाली लागू गरेकोमा राप्रपा नेपालले बिरोध गरेको छ ।

 

कुनै खास धर्मको लागि सरकारले नागरिकलाई दुख दिएको भन्दै राप्रपाका नेताहरुले विरोध जनाएका हुन् । सरकारले जोर–विजोर नम्बर प्लेट अनुसार सवारी साधन चलाउनुपर्ने भन्दै लागु गरेको नियमप्रति राप्रपा नेपालले विरोध गरेको हो  ।

 

राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले ट्वीट गर्दै सरकारको गतिविधि विवादित र शंकास्पद भएको बताएका छन् । सहायक प्रवक्ता श्रेष्ठले सरकारको यस्ता गतिविधिका कारण मुलुकको पहिचान नै खतरामा पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्