बार्सिलाेना र रियल दुवै अाफ्ना खेलमा पराजित



एजेन्सी : स्पेनिस ला लिगामा महारथी क्लबद्वय रियल म्याड्रिड र बार्सिलोना पराजित भएका छन्। बुधबार राति भएको खेलमा बार्सिलोनालाई लेगानेस र रियललाई सेभिल्लाले पराजित गरेका हुन्। 

 

रियलमाथि सेभिल्लाले ३–० को जित निकाल्यो। सेभिल्लाको जितमा आन्द्रे सिल्भाले खेलको १७ र २१ मिनेटमा गोल गरे। बेन याडरले खेलको ३९ मिनेटमा गोल गरेपछि सेभिल्ला पहिलो हाफमै ३–० गोलले अघि बढेको थियो।

 

यता बार्सिलोनाले अंक तालिकाको पुछारमा रहेको लेगानेसले हरायो। बार्सिलोनाको यो सिजनमा पहिलो हार हो। जितसँगै लेगानेस तीन स्थान माथि उक्नल सफल भयो। बार्सिलोनाका लागि १२ मिनेटमा काउटिन्होले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। तर इल जारले ५२ र रोद्रिगेजलले ५३ मिनेटमा गोल गरेर लेगानेसलाई घरेलु मैदानमा अग्रता दिलाए।

 

हारपछि पनि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। बार्सिलोनाको ६ खेलबाट १३ अंक छ। रियलको पनि समान खेलबाट १३ अंक छ। तेस्रो स्थानको एट्लेटिकोको  ११ र चौथो स्थानको सेभिल्लाको १० अंक छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको