सानेपामा कांग्रेस बैठक जारी



काठमाडौं: विधान संशोधन मस्यौदामाथि छलफल गर्न नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु भएको पार्टी कार्यालयले जनाएको छ ।

 

यसअघि मंसिर ९ गते बसेको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएको थियो । यसअघिको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो ।

 

कांग्रेसले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टी विधान परिमार्जन गर्न महामन्त्री खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । विधान परिमार्जनका लागि मंसिर २८ देखि पुस ३० गतेसम्म पार्टी महासमिति बैठक काठमाडौँमा हुँदैछ । पार्टी केन्द्रीय कार्य समितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्