बनेपाका घरघरमा आँखा जाँचसेवा



काभ्रे: बनेपा नगरपालिकाले सवै वडाका घरघरमा आँखा जाँचसेवा प्रदान गरेको छ ।  नगरपालिकाले बनेपास्थित रेयुकाई एईको मासुनागा अस्पतालको सहकार्यमा एक महिनादेखि नगरवासीको घरघरमा गएर सेवा प्रदान गरेको हो ।

 

बनेपा नपा–२ टुकुचा नालामा आँखा जाँच शिविरमा खटिएकी स्वास्थ्यकर्मी अप्सरा लामिछानेले नगरको १२, १३ र १४ वडामा आँखा जाँचसेवा प्रदान गरिसकिएको बताइन् । लामिछानेले तीन दिनमा तीन सय जनाको आँखा जाँच गरेका मध्ये १६ जनालाई रेफर गरेको बताइन् ।

 

उनका अनुसार जाँच गरेपछि कमजोर तथा मोतियाविन्दु भएका रोगीलाई मासुनागा अस्पताल रेफर गरिएको छ । नगरका सबै वडामा आँखा जाँच भइसकेपछि रिफर गरिएका सबै प्रकारका आँखा रोगीको अस्पतालले निःशुल्क उपचार गर्ने सम्झौता भएको छ । नगरप्रमुख लक्ष्मीनरसिंह वादेले अशक्त र असहायसमेत समेटिने उद्देश्यले घरघरमा आँखा जाँच कार्यक्रम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्