जनकपुरमा यात्रु सहायता कक्ष स्थापना



जनकपुरधाम : हिन्दूहरुको महान् चाड दसैं तिहार तथा छठ पर्वलाई लक्ष्य गरी यात्रुहरुको सुरक्षा र सुविधाका लागि जिल्ला ट्राफिक कार्यालय धनुषाले जनकपुरधामको रामानन्द चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

धनुषा प्रहरी उपरीक्षक गोविन्द थपलियाले यात्राका, आवातजावत गर्दा थुप्रै समस्या आउने भएकाले सहायता कक्ष स्थापना गरिएको र यसले केही हदसम्म दुर्घटना कम गर्न सहयोग पुग्ने विश्वास दिलाए । 

 

सहायता कक्षको उद्घाटनमा थपलियाले गाडीका मालिक र संघलाइ आग्रह गर्दै भने,ु  ‘टिकट काटदा आधिकारिक व्यक्तिलाई जिम्मा दिनुहोला ।’

यात्रुहरुको सामान सुरक्षित गर्न गाडी चालक तथा सहचालकलाई पनि उनले अनुरोध गरे । त्यस्तै उनले अग्रिम टिकट बुकिङ गर्दा सम्बन्धित पक्षलाई ध्यान दिन आग्रह गरे

 

अन्य बेलाभन्दा चाडबाडमा यात्र्को चाम बढ्ने भएकाले समस्या परे तत्काल  १०० र १०३ नंबरमा सम्पर्क गर्न पनि प्रमुख थपलियाले अनुरोध गरे । जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले सहायता कक्षवाट यात्रुहरुलाई मात्र नभई गाडी चालक र व्यवसायीका लागि फाइदा हुने बताए । 

 

ट्राफिक कार्यालय धनुषाले जारी गरेको टोल फ्री नम्बरबाट फाइदा लिन उनले आग्रह गरे । धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा वडा ९ का अध्यक्ष परमेश्वर साहले यस क्षेत्रमा चाडबाड मात्र नभई अन्य बेला पनि भीडभाड हुने गरेकाले यात्रु सहायता कक्ष आवश्यक रहेको बताए । 

 

यातायात कार्यालयका निमित्त कोपेन्द्र यादवले जनकपुरमा पहिलो पटक यात्रु  सहायता कक्षको उद्घाटन भएकोले कार्यक्रम फलदायी हुनेमा विश्वास व्यक्त गरे । 

साथै उनले चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरे । 

 

कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख दीपक साहले यात्राका क्रममा आफू चढेको गाडीको नम्बर पनि याद गर्नुपर्ने बताए । साथै उनले यात्राका क्रममा अरुले दिएको खानेकुरासमेत नखान आग्रह गरे । 

कार्यक्रममा युवाक्लब, नागरिक समाज, बस चालक र स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्