काठमाडौं : सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार एक सय ४८ दशमलव ७० बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ विन्दुले घटेर २ सय ४४ दशमलब २३ विन्दुमा पुगेको छ ।
बिहीबार कुल एक सय ६१ कम्पनीका १० लाख ६२ हजार ४३ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ३२ करोड २९ लाख ४७ हजार ९ सय ८३ रुपैयाँ छ ।
बुधबार कारोबार रकम ४० करोड रुपैयाँमाथि थियो ।
बिहीबार कारोबार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको इन्डेक्समात्रै हरियो छ । वित्त समूह शून्य दशमलव १३ र उत्पादन समूह एक दशमलव शून्य दुई विन्दुले बढेको छ ।
बैंकिङ ९ दशमलव ३८, व्यापार ३ दशमलव ४६, होटल ९ दशमलव ५७, विकास बैंक ११ दशमलव २७, जलविद्युत् २ दशमलव ७१, निर्जीवन बीमा १०५ दशमलव १७, अन्य २ दशमलव ३१, माइक्रोफाइनान्स २४ दशमलव २३ र जीवन बिमा ४७ दशमलव ७६ विन्दुले ओरालो लागेको छ ।
बिहीबार सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । यस कम्पनीको ५ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।