काठमाडौंको न्युरोडमा दुर्घटना, १० जना घाइते



काठमाडौं: न्यूरोड गेट नजिकै आज दिउसो कारले पैदलयात्रुलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । बा १८ च ४८७३ नम्बरको कारले पैदल यात्रुको समूहमा ठक्कर दिँदा १० जना घाइते भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रहरीका अनुसार गाडी अनियन्त्रित भई पैदल हिँडिरहेका मानिसको समूहलार्इ ठक्कर दिएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्