
काठमाडाैं : प्रहरीले सप्तरीकाे सुरुङ्गाबाट बिहीबार एक जना महिला हातहतियारसहित पक्राउ परेकी छन् । सुरुङ्गा नगरपालिका वडा नं. ३ भुसि महुलिया स्थित फुटबल ग्राउण्ड नजिक परालकाे झुप्राेमा लुकिरहेकाे अवस्थामा ३० वर्षीया गिता सदा पक्राउ परेकी हुन् ।
उनकाे साथबाट एक थान यु.एस.ए. मा बनेकाे पेस्तोल, एक थान म्यागजिनसहित जंगी राउन्ड, तीन थान खोका, एक थान खुकुरी, एक थान ह्याक्सो ब्लेड, दुर्इ थान रड, दुर्इ थान सानो हथौडा, एक थान टर्च लाइट बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
सिरहा लहान न.पा. वडा नं. ५ बस्ने सदा विरुद्व प्रहरीले अनुसन्धान गरेर जिल्ला अदालत सप्तरी हातहतियार खरखजाना कसुरमा मुद्दा दर्ता गरेकाे छ ।