कांग्रेस बैठकः विधानमाथि छलफल जारी, अर्को बैठक भोलि ११ बजे



काठमाडौं : नेपाली कांग्रेसको प्रस्तावित विधानमाथि आजबाट छलफल सुरु भएको छ । विधानमाथि छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठकको पहिलो दिन ५ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।

पार्टी कार्यलय सानेपामा बसेको बैठकमा विधान संशोधन मस्यौंदामा केन्द्रित रहेर केन्द्रीय सदस्यहरु डा. रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आ–आफ्नो धारणा राखेका हुन् ।

पहिलो दिनको छलफलमा केन्द्रीय सदस्य पौडेल र जोशीले विधानमा देखिएको असहमतिका विषयबारे व्याख्या गरेका थिए भने  अन्य वक्ताले समग्र विधानको व्याख्या गरेका थिए । 

अर्को बैठक शुक्रबार विहान ११ः०० बजे पुनः बस्ने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्