सुचीले भनिन्,’नेपाल निकै मनपर्छ’



काठमाडौं: म्यानमारको राज्य परिषदकी सल्लाहकार तथा विदेशमन्त्री आङसाङ सुचीले आफूलाई नेपाल निकै मनपर्ने भन्दै नेपालको भौगोलिक बनोट र सांस्कृतिक पक्ष उत्कृष्ट रहेको बताएकी छिन् ।

 

काठमाडौंमा सुरु भएको नेपाल चेम्बर एक्सपोको उद्घाटन गर्दै सुचीले दीगो विकासका लागि आफूहरुले शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासमा विशेष ध्यान दिएको बताइन् ।दीगो विकासको लक्ष्य पूरा गर्न र आर्थिक विकास गर्न नेपालसँगको सम्बन्ध महत्वपूर्ण रहेको उनले बताएकी थिइन् ।

 

आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गर्नसमेत  एक्सपो महत्वपूर्ण रहेको उनले बताइन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालले स्थायी सरकार पाइसकेकाले अब आर्थिक विकासमा आफूहरु लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्