बालिका बलात्कारका दोषीलाई ८ वर्ष कैद



गुल्मी : जिल्ला अदालत गुल्मीले ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा दोषीलाई ८ वर्ष कैदको फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले गुल्मी जिल्ला इश्मा गाउँपालिका २ का प्रेमबहादर कार्कीलाई आठ वर्ष कैदको फैसला गरेको हो । 

पीडकलाई कैद र पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए । 

कार्कीले गत असार ११ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्