समानताको अवधारणा लागू गरिए मात्रै लैङ्गिक हिंसा रोकिन्छ : उपप्रम यादव



जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पत्तिमा महिलाको पहुँच नभए सम्म महिलामाथि हुँदै आएको हिंसा अन्त्य नहुने बताएका छन् ।  

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बारे महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनकपुरमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री यादवले सामाजिक समानताको अवधारणा लागू गरिए मात्रै लैङ्गिक हिंसा अन्त्य हुने बताए ।

‘हाम्रो कु परम्परा र गलत रितिरिवाजले नै महिला हिंसालाई बढावा दिएको हो,’ उनले भने, ‘समाज रुपान्तरण गर्न व्यक्तिको सोचमा परिवर्तन आवश्यक छ ।’

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले पितृ सतात्मक सोचको कारण लैङ्गिक हिंसामा वृद्धि भई रहेको उल्लेख गरे । उनले अहिले महिला मात्र नभई पुरुष, तेस्रोलिङ्गीहरु समेत हिंसामा परि रहेको उल्लेख गरे । 

 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसाको सुरुवात घरबाटै हुने गरेको बताए । 

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापा, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, प्रतिनिधि सभा सदस्य जुली महासेठ लगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्