काठमाडौं: सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री गोकुल बास्कोटाले समाचारको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले मिडिया ‘केफेमा आधारित रेस्लिङ प्रतियोगिता’जस्तो हुन थालेको टिप्पणी गरे । पछिल्लो समय सञ्चारगृह फेक न्युज उत्पादनको कारखाना बन्न थालेको उनको आरोप छ ।
प्रतिष्ठित मिडियाहरूका समाचारमा कपोलकल्पित समाचारमात्रै आउने गरेको उनको भनाई थियो । उनले पछिल्लो समयमा आएका केही समाचार काल्पनिक र भ्रामक भएको टिप्पणी गरे ।उनले एसिया प्यासेफिक समिटमा आएका पाहुना देशको गौरब भएको बताउँदै देशदेशबीचको कूटनीतिक सम्बन्ध भएको बताए ।
तर समाचार माध्यमले महत्त्व बुझ्दै नबुझी कुनै धर्म, समुदाय, दर्शन विशेषको भनेर गर्नै नहुने टिप्पणी गरेको बताए ।