नैन्हीमा झाडापखालाबाट थप एककाे मृत्यु



महोत्तरी : जलेश्वर नगरपालिका १२ नैन्ही टोलमा फैलिएको झाडापखालाकf कारण थप एकज वृद्धाको मृत्यु भएको छ । झाडापखालाबाट ६० वर्षीया आइसा खातुनको मृत्यु भएको खबर प्राप्त भएको छ ।

यस सससँगै महोत्तरीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि  चार वर्षीया बालिकाको मृत्यु भएको थियोे ।

 

६० वर्षीया आइसा खातुनलाई आइतबार गाउँमा सञ्चालित शिविरमा उपचारका लागि ल्याइएको थियो । शिविरमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोष कुमार ठाकुरले जानकारी दिए ।

 

बस्तीमा करिब तीन सातादेखि झाडापखाला फैलिएको छ भने अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाबाट बस्ती नै प्रभावित छ ।

प्रतिक्रिया दिनुहोस्