एक सय ८७ सैनिक अधिकृतमाथि कोटमार्शल



काठमाडौं : सैनिक अदालतले नेपाली सेनाको पदपूर्तिका क्रममा अनियमितता गरेको ठहर गरेको छ । अनियमितताको आरोपमा १९ अधिकृतसहित १ सय ७३ जना सैनिक जवानलाई कारबाही गर्ने फैसला सुनाइएको हो । अदालतले दोषीबाट बिगो रकमसहित ३ करोड २२ लाख ७५ हजार रुपैयाँ असुल उपर गर्न भनेको छ ।

 

गत कात्तिक ६ गते उपरथीको अध्यक्षतामा गठन भएको ९ सदस्यीय जनरल समरी सैनिक अदालतले २३ अधिकृतसहित १७३ जनालाई दोषी ठहर्‍याइएको छ, जसमा १० जनाबाट तीन करोड २२ लाख ७५ हजार रुपैयाँ विगो रकम असुल गर्ने फैसला गरिएको छ ।

 

२ जनालाई ६ वर्ष कैद र भविष्यमा सरकरी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिएको छ । २ अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि ३ वर्षसम्म कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ । वि.सं. २०७३ र ०७५ सालमा नेपाली सेनामा विभिन्न पदको भर्नामा अनियमितता गरेको उजुरी परेपछि गत जेठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ इन्क्वायरीले छानविन अघि बढाएको थियो ।

 

कोर्ट अफ इन्क्वायरीको आधारमा गत कात्तिक ६ गते प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा उपरथीको अध्यक्षतामा ९ सदस्यीय जनलर समरी सैनिक अदलात गठन गरिएको थियो । त्यसपछि अदालती प्रक्रिया सुरु भएको थियो । सैनिक अदालतले २ अन्य दर्जालाई ६ वर्ष कैद, विगो रकम राजस्व दाखिला र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने  गरी बरखास्त गरेको छ ।

 

नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३ अधिकृतसहित १८७ जनालाई भर्ना प्रक्रियामा दोषी ठहर गर्दै समरी सैनिक अदालत समक्ष सिफारिस गरेको थियो । त्यसमध्ये ४ अधिकृतसहित १४ जनाले सफाई पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्