मन्त्रीको गर्जन : ‘वामपन्थी सरकार बोल्न होइन, काम गर्न बनेको हो’



स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले वामपन्थी सरकार बोल्न नभई काम गर्न बनेको बताएकी छिन् । 

गल्याङ सामुदायिक अस्पतालको तेस्रो साधारणसभा तथा अधिवेशन उद्घाटन गर्न बिहीबार स्याङ्जा पुगेकी मन्त्री अर्यालले विगतको सरकारले धेरै बोलेर जनतालाई झुक्याएको आरोप लगाउँदै भनिन्, ‘अहिलेको  सरकार बोल्ने होइन, काम गर्ने हो ।’

सरकारको लोकप्रियता बढ्दै गएपछि प्रतिपक्षीले अनावश्यक भ्रम फैलाएर जनता झुक्याउन खोजेको उनको दावी छ ।  

सर्वसाधारणले सरकारसँग धेरै अपेक्षा गरेकाले सामान्य विरोध आउनु स्वाभाविक भएको उनको तर्क छ । 

अहिले मुलुक सम्बृद्धिको बाटोमा हिँडेकाले सत्ता पक्ष र विपक्ष मिलेर अगाडि बढ्नुको बिकल्प नभएको उनको भनाइ छ ।

 

सरकारले भर्खरै ल्याएको सामाजिक सुरक्षा कार्यक्रम प्रतिपक्षले नबुझेर विरोध गरिरहेको उनको तर्क छ । सामाजिक सुरक्षा कार्यक्रम मौलिक हकसँग सम्बन्धित भएकाले जनताको मौलिक हकको विरोध गर्ने अधिकार कसैसँग नभएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्