कमल थापाले बनाए नौ नेतालाई सहायक महामन्त्री



काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्रीमा नौ जना नेता नियुक्त गरेका छन् ।

 

आज नियुक्त भएका सहायक महामन्त्रीमा भक्तिप्रसाद सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ्ग), राजाराम बर्तौला (मकवानपुर), बसन्तमान सिंह अधिकारी (संखुवासभा), ईन्द्र चित्रकार (काठमाण्डौ), प्रेम कुमार श्रेष्ठ (प्रवास), राजेश गिरी (झापा), तिर्थराज चटौत (कंचनपुर) र रेणुदेवी साह (सप्तरी) रहेका छन् ।

 

अध्यक्ष थापाले सहायक कोषाध्यक्षमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई मनोनयन गरेको प्रचार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्