नेपाल र कम्बोडियाबीच हवाई सम्झौता



काठमाडौं:  नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाली समकक्षि हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्वीपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

निजी क्षेत्रका सन्चारमाध्यमहरुलाई प्रवेश निषेध गरेर उक्त हवाई सम्झौता गरिएको हो । सम्झौताअनुसार दुवै देशका एअरलाइन्सले सातामा १४ वटासम्म सीधा उडान गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्