राजधानीमै बालकको अपहरणपछि हत्या



काठमाडौं : राजधानीमै अर्का बालकको अपहरण र हत्या भएको छ । गोंगबुस्थित प्रयासमार्गमा स्वस्तिका गेस्टहाउसका सञ्चालक प्रवीण कुँवरका ८ बर्षीय छोरा प्रयासको उनकै चालक महेन्द्र एसकेले हत्या गरेका हुन् ।

 

महेन्द्रले प्रयासलाई अपहरण गरी गाडीभित्रै हत्या गरेर खोलामा शव फालेका थिए । महेन्द्रलाई पक्राउ गरेर अनुसन्धान गरेपछि घटनाको वास्तविकता खुलेको हो । उनकै बयानका आधारमा महानगरीय अपराध महाशाखाले म्हैपीस्थित सामाखुसी खोलामा बालकको शव भेटेको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्