किशोरीहरुलाई अश्लील तस्वीर पठाउने युवक गिरफ्तार



हेटौंडा: किशोरीहरुलाई मोबाइलबाट अश्लील तस्वीर र सन्देश पठाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बारा निजगढ नगरपालिका–६ घर भई हेटौंडा उपमहानगरपालिका–४ मा बस्दै आएका २५ वर्षीय रविन तिमल्सिनालाई प्रहरीले मंगलबार पक्राउ गरी साइबर क्राइम अन्तर्गत मुद्दा चलाउन बुधबार काठमाडौं पठाएको छ ।

 

हेटौंडा उपमहानगरपालिका–१८ की १८ वर्षीया किशोरीद्वयलाई अश्लील तस्वीर र सन्देशहरु पठाएर मानसिक तनाव दिएकाले प्रहरीले तिमल्सिनालाई पक्राउ गरेको हो । तिमल्सिनाले यसभन्दा पहिला पनि यस्तै क्राइम गरेको प्रहरीमा उजुरी परेको थियो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्