एसिया प्यासिफिक समिटको आयोजक क्रिश्चियन धर्मप्रचारक संस्था



काठमाडौं: एसिया प्यासिफिक समिटमा भाग लिन आएकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीलाई बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल ।एसिया प्यासिफिक समिटमा भाग लिन आएकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीलाई बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल ।

 

काठमाठौंमा शुक्रबारदेखि सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटको आयोजक युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्मप्रचारक संस्था हो । सन् २००५ मा कोरियाका धार्मिक नेता सन म्युङ मुनले यो संस्था स्थापना गरेका थिए। व्यापारमा समेत संलग्न उनले दशकौंदेखि धर्म प्रचार गर्दै आएका थिए ।

 

सन् २००५ मै यो संस्था नेपाल आएको हो। नेपालका संस्थापक अध्यक्ष सुरेशराज आचार्य थिए भने अहिले एकनाथ ढकाल छन् । परिवार दलबाट दुवै संविधानसभामा प्रतिनिधित्व गरेका ढकाल मन्त्रीसमेत भएका थिए ।

 

अहिले सांसद नभए पनि ढकालले यसपालि पनि राजनीतिक शक्ति देखाएका छन् । उनले सरकारी संयन्त्र प्रयोग गरेर विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखको लाइन लगाइदिएका नयाँ पत्रिकामा खवर छ ।

 

उनको धर्मप्रचारक संस्थाले गरेको कार्यक्रममा भाग लिन आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन सीधै प्रधानमन्त्रीको निमन्त्रणामा आएको पुष्टि भएको छ। त्यस्तै, अन्य नेताहरूलाई पनि राज्यकै तर्फबाट आमन्त्रण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्