युरोपा लिगः चेल्सीको सानदार जित



काठमाडौँ: गएराति भएको युरोपा लिगमा चेल्सीले १० जनामा सिमित भएको पाओके थेसालोनिकीलाई ४-० गोलले पराजित गरेको छ । पाओके थेसालोनिकीका एभेनले खेलको सातौ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए । त्यसपछि खेलमा चेल्सीको दबादबा रहेको थियो । चेल्सीका लागि ओलिभर जिरोर्डले २७ औ र ३७ औ मिनेटमा गोल गरे ।

 

दोस्रो हाफमा पनि चेल्सीले थप दुई गोल गर्यो । खेलको ६० औ मिनेटमा क्यालम होडसनले गरे गोल । खेलको ७८ औ मिनेटमा अल्भारो मोराटाले सानदार गोल गरे । यो जितसँगै चेल्सीले शतप्रतिशत जित निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ । चेल्सीले ५ खेलमा १५ अंक जोड्न सफल भएको छ । पाओकेको तीन अंकमात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्