वाइडबडी भाडामा दिन निगममा चलखेल



काठमाडौं : नेपाल वायु सेवा नगिमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज भाडामा दिनेगरी सञ्चालक समतिमा अनौपचारिक छलफल भएको रहस्य खुलेको छ । निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् । 

उनले कुन कम्पनीलाई भाडामा दिने भन्ने नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्दै भाडामा दिने प्रस्ताव गरेका हुन् । जहाजलाई पूर्ण क्षमतामा उडाएर आर्थिक अवस्था बलियो बनाउन सञ्चालक समिति लाग्नुपर्ने भए पनि सदस्य नै यसरी ‘लबिङ’मा लाग्नुले ठूलै चलखेलको आंशका उब्जिएको छ । 

निगम उच्च स्रोतले दिएको जानकारीअनुसार सञ्चालक समितिका केही सदस्यले नै जहाज भाडामा दिने प्रस्ताव गर्नुमा गम्भीर रहस्यको अनुमान गरिएको छ । 

‘खरिदको विषयलाई लिएर भाडामै दिने कुरा सञ्चालक समितिमा चल्नु गम्भीर विषय हो’, स्रोतले भन्यो । यता निगम व्यवस्थापन तथा तालुक निकाय नागरिक उड्डयन मन्त्रालयले भने नयाँ गन्तव्य विस्तारका लागि छलफललाई तीव्र पारेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्