ग्यास्ट्रिकबाट यसरी बच्न सकिन्छ



एजेन्सी :  ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ ।

 

धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंकफुड सकभर खानुहुन्न । बढी पिरो, अमिलो, बयमको अचार, मसालेदार खाना खानबाट सजग हुनुपर्छ ।

 

बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्दछ ।

 

पेटमा धेरै ग्यास भएका वेला कागतीपानी पिउनु उपयुक्त हुन्छ । जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिदैँन । दुखाइ कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने ।

प्रतिक्रिया दिनुहोस्