शहीद स्मारक ए डिभिजन लिग पाँचौँ चरण सुरु, आज दुई खेल



काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हु्रँदैछन् । लिगमा आजदेखि पाँचौं चरणका खेल हुन लागेको हो । 

बिहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा न्यूरोड टिम एनआरटी र नेपाल पुलिस क्लब भिड्दैछन् । यसअघिका चार खेलमा दुई जित र एक बराबरी खेल्दै सात अंक जोडेको पुलिस अंक तालिकाको छैटौँ स्थानमा छ ।

तीन खेल हारेर एक खेल बराबरी गर्दै एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ । 

दिउँसो साढे २ बजे हुने खेलमा थ्रीस्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका चार खेलमा तीन जित र एक बराबरी गरी ९ अंक जोडेको थ्रीस्टार अंकतालिकाको चौथो स्थानमा छ ।

एक जित र एक बराबरीबाट चार अंक मात्रै जोडेको एपीएफ अंकतालिकाको नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्