पुनर्वासमा बलात्कार बढ्यो, वृद्धद्वारा बालिका बलात्कृत



कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका १० सुकुम्बासी टोलकी १० बर्षीया बालिका वृद्धद्वारा बलात्कृत भएकी छिन् । स्थानीय ६९ बर्षीय ओमनाथ पौडेलले खानेकुराको प्रलोभन देखाएर बालिका बलात्कार गरेको खुलासा भएको हो ।

 

स्थानीयबासीको उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कर्ण बहादुर बमले बताए । उनलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

 

सुकुम्वासी टोलमै केही दिनअघि १६ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी थिइन् । एकपछि अर्को बलात्कारका घटना सार्वजनिक हुँदा आफुहरुले असुरक्षित महसुस गरेको स्थानीयबासिन्दा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्