गाेरखामा अागलागी: पाँच लाख बराबरको सामान जलेर नष्ट



गोरखा : गोरखा नगरपालिका–४ फिनाममा बिहीबार साँझ स्थानीय सन्तबहादुर रोक्काको घरमा विद्युत् चुहिएर आगलागी हुँदा करीब  पाँच लाख बराबरको सामान जलेर नष्ट भएको छ ।

 

रोक्काको ढुङ्गा माटो र जस्ताले छाएको कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

 

घटनाको जानकारी पाएलगत्तै घटनास्थाल पुगेको प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उहाँको घरमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्