दाङको घोराहीमा व्यवसायीको हत्या



दाङ: दाङको घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजीक गए राति एक व्यवसायीको हत्या भएको छ । घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार राती घर्ती बेवारिसे अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एकजनालाई पक्राउ गरेको र उनी अनुसन्धानकै क्रममा रहेको पाण्डेले बताए । घर्तीको टाउको र छातीमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्