सर्वसाधारणको व्यापक विरोधपछि सरकारले जोर विजोर प्रणाली हटायो



काठमाडौँ: काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिनका लागि लागु गरिएको जोर बिजोर प्रणाली हटाइएको छ। आम सर्वसाधारणको व्यापाक विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको हो। 

ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली आज साढे ११ बजेपछि हट्ने जानकारी दिएको छ। गृहमन्त्रालयको निर्देशनमा जोर विजोर हटाइएको ट्रफी महाशाखाले जानकारी दिएको छ। यसअघि माहाशाखाले सो अवधिमा राति ८ बजेदेखि बिहान ८ बजेसम्म जोर बिजोर प्रणाली लागु नहुने बताएको थियो । 

 

यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागि हुने कार्यक्रम भएकाले सरकारले बुधबार देखि काठमाडौँ उपत्यकामा जोर विजोर प्रणाली लागु गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्