काठमाडौ : एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विक्रम ढुकुछु र महासचिव कर्ण कुँवरलगायत मानवअधिकारवादी नेताहरूलाई प्रहरीले पक्रेको छ ।
काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरूलाई आज बिहान पक्राउ गरिएको र प्रहरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ ।
एम्नेस्टी इन्टरनेसनल इन्डियालगायत मानवअधिकार तथा परोपकारी सामाजिक संस्थामाथि भारत सरकारका अधिकारीहरुले गरेको हस्तक्षेपको संसारभरका मानवअधिकारवादी नेताहरूले विरोध गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका उच्च सरकारी अधिकारीहरूले मानवअधिकारसम्बधी काम दबाउन खोजको एम्नेस्टीको आरोप छ ।
गत कात्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरटले एम्नेस्टी इन्डियाको बैंकखाता रोकेको थियो । खाता रोकिएपछि मानवअधिकार शिक्षासम्बन्धी काम प्रभावित भएका छन् ।
भारत सरकारले अन्य अधिकारवादी संस्थाका गतिविधिमाथि पनि प्रतिबन्ध लगाउँदै आएको छ ।