ओली–सुकी भेटवार्ता, आजै दुईपक्षीय सहकार्य सम्झौता हुने



काठमाडौं : नेपाल भ्रमणमा रहेकी म्यान्माकी स्टेट काउन्सिलर आङ सान सु कीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेकी छन् ।

शुक्रबार बिहान भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई पनि उपस्थित थिए । दुई देशबीच आपसी सहकार्यका विषयमा पनि शुक्रबार नै सम्झौता हुने तय भएको छ ।

एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा सुकी बिहीबार काठमाडौं आइपुगेकी हुन् । सो सम्मेलन शनिबार काठमाडौंमा आयोजना हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्