एकै बिहान २६ बिजुलीचोर समातिए



लहान : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । 

 

केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले सिरहाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले बताए । 

 

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरी जरिवानाबापत दुई लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको यादवले जानकारी दिए । उनका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पंखा, एक थान टेलिभिजन, एक थान रन्दा मेसिन (काठको काम गर्ने) लगायतका सामान समेत बरामद गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्