प्रतिबन्धित लागूऔषधसहित युवक पक्राउ



लहान : प्रतिबन्धित लागूऔषधसहित शुक्रबार बिहान सिरहा बरियारपट्टी–१ बाट एक युवक पक्राउ परेका छन् । प्रहरीचौकी कचनारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित लहान नगरपालिका–२ का २१ वर्षीय मोहम्मद मुर्तुजालाई पक्राउ गरेको हो । उनी चढेको स४प ६७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

मुर्तुजाको साथबाट प्रतिबन्धित लागूऔषध डिलक्स सिसी १०० एमएलको २४ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले बताए । पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्