बलात्कार अभियोगमा पक्राउ



कास्की : पोखरा महानगरपालिका–२३ भदौरेतामागी घर भई हाल ‌शान्तिनगर बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । शान्तिनगरमै डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका–४ लाचोकका ३५ वर्षीय लक्ष्मण ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिहीबार किशोरीलाई ललाईफकाई पोखरा महानगरपालिका–६ स्थित पिनाकल होटलमा लगी जबरजस्ती करणी गरेर लक्ष्मण फरार भएका थिए । उनलाई अन्नपूर्ण गाउँपालिका–३ काँडे चुहिने पहराबाट प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्