अपराध नियन्त्रण गर्न प्रहरी पहलमा अन्तरक्रिया



सुर्खेत : अपराध न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जिल्लाका १४ स्थानमा अन्तरक्रिया कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । 

अन्तरक्रियामा घरेलु हिंसा, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण, मानव बेचबिखन, बालहिंसा तथा साइबर अपराधलगायतका विषयमा छलफल भएको थियो । यस्ता अपराध न्यून गर्न समुदायको भूमिका, अपराध गरेबापत हुने दण्डसजायलगायतका विषयमा कार्यक्रमका सहभागीलाई जानकारी दिइएको थियो । 

समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत पुस मसान्तसम्ममा सुर्खेतका सम्पूर्ण बस्तीमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने लक्ष्य जिल्ला प्रहरीको छ । 

प्रतिक्रिया दिनुहोस्