प्रदेश ५ मा सेयर शिक्षा : लगानीकर्तालाई सेयर बजार बुझाइँदै



खस्यौली : प्रदेश नं. ५ का केही जिल्लामा लगानीकर्तालाई सेयर बजारप्रति आकर्षित गराउने प्रयास सुरु भएको छ । विभिन्न ठाउँमा तालिम र अन्तरक्रिया आयोजना गरी सेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्थालगायतका विषयमा सर्वसाधारणलाई जानकारी दिइएको सफल नेपाल इन्भेस्ट कम्पनी, रुपन्देहीका अध्यक्ष कमल तिवारीले जानकारी दिए ।

 

उनले सेयर बजारप्र्रति सचेतना बढाउनुका साथै सेयर बजारसम्बन्धी सम्पूर्ण प्रक्रिया, ज्ञान र अनुभवबारे जानकारी दिइएको बताए । ‘सेयर बजार भनेको अनुभव हुनेले पैसा कमाउने हो र पैसा हुनेले अनुभव कमाउने हो’, उनले भने । अब हालको विन्दुभन्दा धेरै तल सेयर बजार नजाने दाबी तिवारीले गरे । 

तिवारीले प्रदेश नं. ५ का पाल्पा, रुपन्देहीको शंकरनगर, बुटवल, कपिलवस्तुलगायतका ठाउँमा सेयर बजारसम्बन्धी अन्तक्र्रिया र तालिम सम्पन्न भएको बताए । 

दक्षिणकाली सेक्युरिटिज प्रालि (३३ नं. दलाल) बुटवल कार्यालयका शंकर भण्डारीले दलाल कार्यालयका तर्फबाट पनि कार्यक्रममा सहभागिता रहेको बताए । आर्यतारा सेक्युरिटिज प्रालिका टेकराज भट्टराईले सेयर कारोबार कसरी गर्ने र डिम्याट कसरी सञ्चालन गर्ने भन्ने विषयमा सहभागीलाई जानकारी गराएको जानकारी दिए । बुटवलमा पाँचवटा सेयर दलाल कार्यालय छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्