काठमाडौं : कञ्चनपुरकी १३ बर्से बालिका निर्मला पन्तको हत्यारालाई कारबाही र पीडितलाई न्याय दिन भन्दै सरकारलाई दबाब दिन सरकारविरुद्ध उत्रेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूले सरकारलाई दबाब दिन भन्दै बिजुलीको पोललगायतमा तस्बिर टाँस्दै हिँडेका थिए । प्रहरीले १२ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन् ।
प्रहरीले उनीहरुलाई माइतीघर मण्डलबाट पक्राउ गरेको हो । पक्राउ उनीहरूलाई सिंहदरबारस्थित प्रहरी वृत्त लगिएको छ ।