राजपा-नेकपा कार्यकर्ताबीच हानाहान



सर्लाही : चक्रघटा गाउँपालिकामा शुक्रबार दिउँसो करिब एक बजेतिर राष्ट्रिय जनता पार्टी नेपाल र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सातजना घाइते भएका छन् । 

 

चक्रघटा गाँउपालिका वडा नं. ३ सुन्दरपुरका वडाध्यक्ष विजय साहका अनुसार राजपाका कार्यकर्ताले योजनाबद्ध तरिकाले हमला गर्दा नेकपाका सात कार्यकर्ता घाइते भएका हुन् । घाइते हुनेमा हसमत शेख, निकाइल शेख, खेसी खातुन, शौखत शेख, कमिजुल खातुनलगायत छन् । 

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको चक्रघटा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले बताए । तत्कालीन माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विजयी यादवले भने, ‘सुनियोजित तरिकाले राजपाका कार्यकर्ताले नेकपाका कार्यकर्तालाई कुटपिट गरेका हुन् ।’ 

नेकपाका एक कार्यकर्ताको बिहेमा निमन्त्रणा नगरेको रिसमा मौका छोपेर राजपा कार्यकर्तालाई आक्रमण गरेको वडाध्यक्ष साहले बताए । 

प्रतिक्रिया दिनुहोस्