एजेन्सी : भारतीय अभिनेता राजपाल यादव पक्राउ परेका छन् । फिल्म बनाउनका लागि लिएको ऋण तिर्न नसकेपछि दिल्ली उच्च अदालतले तीन महिनाको जेल सजाय सुनाए लगत्तै उनी पक्राउ परेका हुन् ।
एक सयभन्दा बढी हिन्दी फिल्ममा अभिनय गरेका यादव तथा उनका पत्नी राधाले लिएको पाँच करोड रुपैयाँ चुक्ता नगर्दा जेल सजाय भएको हो ।
यादवले सन् २०१० मा आफ्नै निर्देशनमा बनाउन लागेको हिन्दी चलचित्र ‘अता पता लापता’ पाँच करोड रुपैयाँ ऋण लिएका थिए ।