बसको ठक्करबाट बालकको ज्यान गयो



गोरखा : गोरखामा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा गोरखा नगरपालिका वडा नम्बर १२ शिखरडाँडाका प्रिन्स थापामगरको घटनास्थलमै ज्यान गएको हो ।

मृतक थापामगर सेन्ट जोसेफ स्कुलमा एलकेजीमा पढ्ने विद्यार्थी हुन् । 

दिउँसो पौने ४ बजे स्कुल बसबाट झरेर बाटो काट्दै गर्दा उनलाई पोखराको ताराकुञ्ज स्कुलको बसले ठक्कर दिएको हो ।

शैक्षिक भ्रमणमा आएका विद्यार्थी बाकेर फर्कँदै गरेको ग १ ख ६३९६ नम्बरको बसले थापामगरलाई ठक्कर दिएको १२ किलो प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजकिशोर यादवले जानकारी दिए । 

शैक्षिक भ्रमणमा आएको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्