के हामी देउवाजीको धूप बालेर बस्ने ? : नेता सिंह



धादिङ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको फरक विचारलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन्। धादिङको गजुरीमा काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको जिल्ला भेला उद्घाटन गर्दै नेता सिंहले पार्टीको माथिल्लो निकायमै बे मेल रहेको कोषाध्यक्षहरूको गुनासोलाई सम्बोधन गर्ने क्रममा उनले पार्टी एक ढिक्का रहेको दाबीसमेत गरे।

 

उनले भने, ‘पार्टी एक ढिक्का छ। नमिल्या कुरामा त आवाज उठाउनुपर्‍यो नि। के हामी शेरबहादुरजीको धूप बालेर बस्ने? पार्टी सपार्न त ठिक ढङ्गले चल्नु पर्‍यो भनेर आवाज उठाउनुपर्‍यो नि।‘

 

सिंहले काँग्रेसको कमजोरी सुधार्न नेकपाका नेताले केही नगर्ने उल्लेख गर्दै पार्टीभित्रका कमजोरीका बारेमा सबैले आवाज उठाउनुपर्ने आजको आवश्यकता रहेको तर्क गरे।

प्रतिक्रिया दिनुहोस्