सट्टेबाजी कार्यमा संलग्न नाइके नागराजलाई सम्पत्ति शुद्धीकरण मुद्दा



काठमाडौं: सट्टेबाजी कार्यमा संलग्न नाइके नागराज अमृत भनिने नथमल अग्रवाललाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको छ। 

 

नागराजले विश्वकप फुटबल र इन्डियन प्रियमिर लिग (आइपिएल) मा कुन टिमको हाजजित हुन्छ भनि सट्टेबाजी खेलाई तेब्बर रकम दिन्छु भनी ३ करोड ठगी गरेको अभियोग छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असार ९ गते उनलाई पक्राउ गरेको थियो।

 

जनकपुर–३ घर भएका उनी त्यसबेला काठमाडौंको लाजिम्पाटबाट पक्राउ परेका थिए। साउन ३ गते काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। पछि उच्च अदालत पाटनले भदौ २१ गते ४० लाख धरौटीमा छोड्न आदेश दिएको थियो। 

 

अदालतकै पत्रअनुसार बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई सम्पत्ति  शुद्धीकरणमा अनुसान्धान गर्नुपर्ने देखिएको भन्दै बिहीबार विभाग पठाइएको महाशाखाले जनाएको छ। 

 

नागराजको सम्पत्ति अकूत देखिएको तर स्रोत नखुलेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्