टी-टेन क्रिकेटमा सन्दीप आज पनि चलेनन्, दोस्रो ओभर बलिङ गर्न दिइएन



काठमाडौं : टी-टेन क्रिकेट लिगमा सन्दीप लामिछानेको प्रदर्शन आज पनि खराब रह्यो । बंगाल विरुद्धको खेलमा उनले जम्मा एक ओभर बलिङ गर्न पाए । 

जसमा उनले पहिलो ओभरमा २० रन दिएका छन् । उनको बलमा सुनिल नारिनले तीन छक्का प्रहार गरेका थिए ।

प्रतियोगितामा कुल ६ विकेट लिएका सन्दीपले वारियर्स विरुद्ध हिजो भएको खेलमा दुई ओभरमा ४७ रन दिएका थिए । जसमा उनले ७ छक्का खाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्