क्यानडा पठाइदिने प्रलाेभनमा पार्ने फुटबल खेलाडी रायमाझीकी श्रीमती पक्राउ



काठमाडौं : क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग एक करोड ३७ लाख रुपैयाँ ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१, निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

 

ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

 

अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग २२ लाख, दोलखाका सुदीन खड्कासँग २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग १९ लाख ९० हजार र डेकराज कार्कीसँग १९ लाख तथा जयराम सुकुभुटुसँग २० लाख रुपैयाँ रकम लिएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घले जनाएको छ ।

 

पक्राउ परेकी अधिकारीलाई बैङ्किङ कसूर र वैदेशिक रोजगार कसूर मुद्दामा कारबाही अघि बढाइने प्रवउ सिंहले जानकारी दिए । निज अधिकारी चर्चित फुटबल खेलाडी निराजन रायमाझीको श्रीमती हुन् । 

प्रतिक्रिया दिनुहोस्