मिस वर्ल्डको फाइनल राउन्डमा पुगिन् श्रृंखला



काठमाडौं : मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी छिन् ।

यो सँगै उनी फाइनल राउन्डमा प्रवेश गरेकी हुन् । 

समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको फाइनल राउन्डमा प्रवेश गरेकी हुन् । उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन् ।

प्रतिस्पर्धामा सहभागी १ सय २१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । श्रृंखला समूह १३ मा थिइन्।

छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो । श्रृंखलाले त्यो सवालमा दिएको जवाफका आधारमा उनले पाएको भोट समेत गणना गर्दै उनी समूह विजेता बन्न सफल भएकी हुन् । 

समूह विजेता बन्ने अन्य सुन्दरीहरुमा मोरिसस, फ्रान्स, भेनेजुएला, फिलिपिन्स, नाइजेरिया, बंगलादेश, चिली, लेबनान, मलेसिया छन् । यसैगरी म्यानमार, ग्याडेलोपे, भारत, सिंगापुर, थाइल्यान्ड, बुल्गेरिया, मेक्सिको, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिा तथा युगान्डाका सुन्दरीहरु फाइनल राउन्डमा प्रवेश गरेका छन् ।

यी मुलुक बाहेकका थप १० सुन्दरीहरु फाइनल राउन्डमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्