काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।
अख्तियारको विस्तृत अनुसन्धान दायरामा रहेका खड्काको वैध आर्जनको तुलनामा उनले आर्जन गरेको सम्पत्तिको हिस्सा वढी भेटिएको हो । अबको एकदुई साता भित्रै खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।
आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका खड्काले जग्गा खरिद प्रक्रिया टुंगिएलगत्तै आफूनिकटका व्यक्तिको नाममा राजधानीको एक अपार्टमेन्ट खरिद गरेको भेटिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।