सबै स्थानीय तहमा मोबाइल एप सञ्चालनको तयारी



काठमाडौं : ‘डिजिटल नेपाल’ नारामा मात्रै सिमिट छैन । धिमा गतिमै भए पनि संघीयदेखि स्थानीय सरकारसम्म डिजिटल प्रविधिको अभ्यासमा जुटेका छन् ।

 

मोवाइल एपबाट आफ्नो तहको सूचना तथा गतिविधि आम नागरिकसम्म पुर्याउन स्थानीय सरकार सक्रिय छन् । सूचना प्रविधि विभागले स्थानीय तहलाई डिजिटल प्रणालीमा लैजान सहयोग गरिरहेका छ ।

 

सबै स्थानीय तहका लागि प्रयोग हुने गरी एउटै मापदण्डका मोबाइल एप तयार पारिएको छ । सरकारले यसै वर्ष सबै स्थानीय तहमा मोबाइल एप सञ्चालन गर्ने तयारी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्